मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कुर्सीमा बसेकै अवस्थामा मृत भेटिए बुढीनन्दा कृषि शाखाका हाकिम


पश्चिम प्रेस
मंगलबार, साउन २ २०८०
  • 620
    Shares

  • images
    images
    कुर्सीमा बसेकै अवस्थामा मृत भेटिए बुढीनन्दा कृषि शाखाका हाकिम

    बाजुरा । बाजुरामा कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिकाका ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटरअगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिएका छन् ।

    बुढीनन्दा नगरपालिका—७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी हुन् । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय—समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।

    उनको स्वास्थ्यमा हिजो साँझ एक्कासि स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । 

     


  • सम्बन्धित विषय:

  • # मृत भेटिए
  • प्रतिक्रिया दिनुहोस