आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

वर्षाका कारण डडेलधुराका ग्रामीण सडक अवरुद्ध, स्थानीयलाई सास्ती 


पश्चिम प्रेस
शुक्रबार, साउन ५ २०८०
  • 506
    Shares

  • images
    images
    वर्षाका कारण डडेलधुराका ग्रामीण सडक अवरुद्ध, स्थानीयलाई सास्ती 

    डडेलधुरा । डडेलधुराका जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएका छन् ।  सडक अवरुद्ध हुँदा यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । 

    सडक बिग्रिएकै कारण ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् । सडकको स्तरोन्नति गर्नुभन्दा पनि नयाँ सडक निर्माण कार्य प्राथमिकतामा पर्ने गरेका कारण  जिल्लाका अधिकांश सडक वर्षात भएसँगै अवरुद्ध हुने गरेका छन् । 

    वर्षातले ग्रामीण सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलाम्ये भएपछि यात्रा गर्न पनि जोखिम हुने गरेको छ । जिल्लाको बागबजार, बगरकोट सडक, बगरकोट रूपाल सडक, बगरकोट भागेश्वर सडक, ढिमौला भद्रपुर सडक, डुङ्री सडक, अनारखोली देवल, पोखचा नवदुर्गा सडक, जोगबुडा लिप्ना दैजीलगायतका ग्रामीण सडक अवरुद्ध बनेका छन् । 

    हिलोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको उग्रतारा डडेलधुरा यातायातका कार्यालय प्रमुख लक्ष्मण महरले बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । 

    बर्खाको बेला ग्रामीण कच्ची सडक सञ्चालनमा ल्याउन कठिन रहेको परशुराम नगरपालिका प्रमुख भरत जोशीले बताए।अहिले राज्यको रकम अनावश्यक खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि मात्रै सडकको स्तरोन्नति गरिने प्रमुख जोशीले बताए। परशुराम नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

     


  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • प्रतिक्रिया दिनुहोस