महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-११ बेला बस्ने ३३ वर्षीय मान बहादुर राना रहेको प्रहरीले जनाएको छ ।
उनलाई बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतको खजुरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रानालाई उक्त पदार्थसहित पक्राउ पारेको हो ।
.gif)