शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु


पश्चिम प्रेस
सोमबार, साउन ८ २०८०
  • 1.2K
    Shares

  • images
    images
    बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

    बैतडी । बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–२ मा आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोमा आमा छोराको मृत्यु भएको हो। 

    गएराती घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्ताजी २५ वर्षीया अञ्जु जागरी र करिब ५ वर्षका रिजन जागरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ। घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

    उनका अनुसार पहिरोमा पशुचौपाया पनि पुरिएका छन्। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

     


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस