शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आजदेखि भारी वर्षाको सम्भावना


पश्चिम प्रेस
सोमबार, साउन ८ २०८०
  • 660
    Shares

  • images
    images
    आजदेखि भारी वर्षाको सम्भावना

    काठमाडौँ । आज (सोमबार) देखि वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि भोलि (मंगलबार) दिउँसोसम्म मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना देखिएको हो। केही दिनयता वर्षा जारी रहे पनि ठूलो वर्षा भएको थिएन। तर आज र भोलि भारी वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ। 

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

     

     

     

     


  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस