महेन्द्रनगर । सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियताको लागि बेदकोट नगरपालिकामा सार्वजनिक सुनुवाई गरिएको छ ।
शुक्लाफाँटा मिडिया प्रा.ली कञ्चनपुर र वेदकोट नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई गरिएको हो । बेदकोट नगरपालिकामा रहेका १० वटा वडामा शुक्लाफाँटा मिडियाले अनुगमन गरेर वडामा भएका गतिविधी, कमिकमजोरी सच्चाउनुपर्ने कार्यहरु लगायत वडाले प्रवाह गरेको सेवा सुविधा, लगायतका विषयमा अनुगमनमा देखिएका विषयलाई प्रस्तुतीकरण गरिएको थियो । शुक्लाफाँटा मिडिया प्रा.लीका अशोक पाण्डेयले वडाहरुमा सुशासन कायम गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले आफुहरु पालिकाका १० वटै वडामा पुगेर त्यहाँका वस्तुस्थिती, भौतिक संरचना, नागरिक वडापत्र, र स्थानियहरुलाई प्रत्यक्ष भेटेर सेवा प्रवाहबारे जानकारी लिएको बताए ।
“हामीले स्थानियहरुलाई भेटेर गरेका छलफलमा उनिहरुले जनप्रतिनिधीहरु वडामा नबस्ने गरेको गुनासो गरे ।” उनले भने–“ पार्टी विशेषलाई प्राथमिकता दिने गरेको र योजना छनौट भेलाको सुचना टोलटोलमा जानकारी दिनु पर्ने लगायतका सुझाव आएका छन ।” सार्वजनिक सुनुवाईमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले गत आर्थिक वर्षमा नगरले गरेका कामको बारेमा जानकारी गराएका थिए ।
.gif)