आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा राहदानी बनाउने बढे


पश्चिम प्रेस
सोमबार, साउन ८ २०८०
  • 638
    Shares

  • images
    images
    कञ्चनपुरमा राहदानी बनाउने बढे

    महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको संख्यामा वृद्धि हुदै गएको छ ।
    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरण सुलभ बनाउन कार्यालय समयसंगै अतिरिक्त समय पनि सेवा दिदै आएको छ ।
    त्यस्तै कञ्चनपुरबाट गत बर्ष दश हजार १९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए ।
    “ २ हजार ९१४ महिला र ७ हजार २८० पुरुषले राहदानी लिएको छ ।” उनले भने–“ पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवा युवतीहरु राहदानी बनाउन आउने क्रम बढेको छ ।” पछिल्लो समय खाडी लगायत तेस्रो मुलुक जाने संख्या वृद्धि भएसंगै राहदानी बढाउनेको संख्या वृद्धि भएको छ ।
    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गत आर्थिक बर्ष २०७९÷०८० मा १२ हजार ३३६ महिला तथा पुरुषले नागरिक लिएका छन् ।अपरेटर बोहराले यहाँ बंशजका आधारमा १२ हजार ३१५ जनाले र बैवाहिक अंगिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए ।
    त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपी लिएको देखिएको छ । उनले नयाँ नागरिकसंगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानी समेत संगै बनाउने क्रम बढेको बताए ।त्यसैगरी गत बर्ष १७ हजार ३२४ जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् । भने अघिल्लो आर्थिक बर्षका चार हजार २८१ राष्ट्रिय परिचयपत्र कार्ड समेत वितरण गरिएको प्रशासनले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रशासन कार्यालय कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस