महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित उक जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ०.३७ ग्राम लागुऔषधसहित सोहि पालकिाको–१८ नम्बरका ३५ वर्षीय लक्ष्मण भट्टलाई बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र अस्थाई प्रहरी पोष्ट बसपार्क कन्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
.gif)