महेन्द्रनगर । कञ्चनपु्रमा लागूऔषधसहित २ जना पक्राउ परेको छन् । जिल्लाको पुनर्वास नगरपालिका—१० दोदाबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कैलालीको धनगढी उपमहानगरपालिका—३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२—००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)