शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

बैतडीमा डेंगु रोकथाम गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान


पश्चिम प्रेस
शुक्रबार, साउन १९ २०८०
  • 707
    Shares

  • images
    images
    बैतडीमा डेंगु रोकथाम गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

    बैतडी । बैतडीमा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ। डेंगु रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताएका छन्।

    स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अभियान सदरमुकामबाट सुरु भएको हो।  डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहीलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको हो।साँझबिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    डेंगु संक्रमण भएमा ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा बिमिरा देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखापर्छन्।


  • सम्बन्धित विषय:

  • # डेंगु
  • प्रतिक्रिया दिनुहोस