शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतको उत्तराखण्डमा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु, १९ बेपत्ता


पश्चिम प्रेस
शुक्रबार, साउन १९ २०८०
  • 1.1K
    Shares

  • images
    images
    भारतको उत्तराखण्डमा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु, १९ बेपत्ता

    एजेन्सी । उत्तराखण्डको केदारनाथ मार्ग गौरीकुण्डमा अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिरोमा १९ जना बेपत्ता छन्। बेपत्तामध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

    जागरणमा प्रकाशित समाचारअनुसार पहिरोमा दुई पसल र एउटा ढाबाको छाप्रो पुरिएको छ। विपत् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारसहितको रेस्क्यु टोली घटनास्थल पुगेको छ। उद्धार टोलीले मन्दाकिनी नदी किनारबाट तीनजनाको शव निकालेको छ।

    पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको जनाइएको छ। जिल्ला विपत् व्यवस्थापन अधिकृत नन्दनसिंहका अनुसार घटनास्थलनजिक नेपालीको ढाबा थियो। उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन। 


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस