शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

महाकालीसहित १६ नदीको जलसतह उल्लेख्य बढ्ने, १८ जिल्लामा बाढीको जोखिम


पश्चिम प्रेस
सोमबार, साउन २२ २०८०
  • 646
    Shares

  • images
    images
    महाकालीसहित १६ नदीको जलसतह उल्लेख्य बढ्ने, १८ जिल्लामा बाढीको जोखिम

    महेन्द्रनगर । आज ९ मुख्य नदीक १६ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार अरूण, दुधकोशी, तामाकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी, सेती, कालिगण्डकी,  भेरी, पश्चिम सेती, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ति र बबई नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ।

    महाकाली नदीको जलसतह सतर्कता तहभन्दा केही तल र बढ्दो क्रममा रहेको पनि महाशाखाले जनाएको छ। अन्य नदीहरूमा पनि जलसतह सामान्य बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  

    महाशाखाले १६ जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जानकारी दिएको छ।

    सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुली, चितवन, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (ब. सु. पू ), नवलपरासी (ब. सु. प ) र आसपास भई बहने केही स-साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    साथै झापा, ईलाम, पाँचथर, तेहथुम, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङगा, सिन्धुली, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, नुवाकोट, कास्की, रुपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, गुल्मी, दाङ, प्युठान, सल्यान, सुर्खेत, बाँके, बर्दिया, डोटी, कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

    भारीदेखि धेरै भारी वर्षाका कारण साना ठूला नदीहरूमा बाढीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस