महेन्द्रनगर । दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट ६ केजी १ सय ग्राम चरेशसहित महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना पक्राउ परेका हुन् ।
सोमबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)