मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा नातीको हत्या गर्ने बाजे कारागार चलान


पश्चिम प्रेस
मंगलबार, साउन २३ २०८०
  • 752
    Shares

  • images
    images
    बैतडीमा नातीको हत्या गर्ने बाजे कारागार चलान

    बैतडी । बैतडीमा नातीको हत्या गर्ने बाजेलाई कारागार चलान गरिएको छ । दुई वर्षीय बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बैतडीको पुर्चौंडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई कारागार पुर्पक्षका लागि चलान गरिएको हो। 

    गत असार २८ गते साउँदको कुटाइबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको असार २९ गते उपचारको क्रममा निधन भएको थियो । रेशम गणेशका आफ्नै नाति हुन्। गणेशको कुटाइबाट गम्भीर घाइते भएका अर्का ८ वर्षीय नाति रिजन साउँदको अहिले पनि उपचार जारी रहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको रिजनको अवस्था मध्यम रहेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

    रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए । प्रहरीले साउँदलाई असार २८ गते नै पक्राउ गरेको थियो । 


  • सम्बन्धित विषय:

  • # कारागार
  • प्रतिक्रिया दिनुहोस