शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाढीले कैलालीका चार पालिका प्रभावित, ५ सय घर डुबानमा


पश्चिम प्रेस
मंगलबार, साउन २३ २०८०
  • 918
    Shares

  • images
    images
    बाढीले कैलालीका चार पालिका प्रभावित, ५ सय घर डुबानमा

    कैलाली । अविरल वर्षासँगै कैलालीका नदीनालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका ५ सय घर डुबानमा परेका हुन् । 

    प्रशासनको पछिल्लो तथ्यांकअनुसार कैलारी गाउँपालिका–७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिका–३ का ५६ घर, भजनी नगरपालिका–२ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन् ।

    Duban3_FbRdwEAYxd.jpg

    प्रभावितको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 


  • सम्बन्धित विषय:

  • # डुबान
  • # बाढी
  • प्रतिक्रिया दिनुहोस