शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाढीले नेपाल-भारत सीमास्तम्भ नै बगाएपछि...


पश्चिम प्रेस
मंगलबार, साउन २३ २०८०
  • 658
    Shares

  • images
    images
    बाढीले नेपाल-भारत सीमास्तम्भ नै बगाएपछि...

    कैलाली । कैलालीको मोहना नदीको बाढीले नेपाल–भारत सीमा स्तम्भ बगाएको छ। 

    धनगढी उपमहानगरपालिका–९ भैंसीघाटस्थित रहेको नेपाल र भारत सीमा छुट्याउने सीमा स्तम्भ बाढीले बगाएको हो।

    अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

    अविरल वर्षापछि कैलालीका नदीनालामा पानीको बहाब बढेको छ। ठाउँ ठाउँमा नदीले डुबान र कटानको समस्या निम्त्याएको छ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीका अनुसार अहिलेसम्म करिब   ४६२ परिवार प्रभावित भएका छन् ।


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस