कैलाली । कैलालीमा टिप्परले वीङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका छन । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ स्थित चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन ।
कञ्चनपुरको बेलौरीका ३९ वर्षीय सोकन रानाले चलाएको भे १ ज १३२१ नम्बरको वीङ्गर र चुरे गाउँपालिका वडा नम्बर-६ का २४ वर्षीय तेजबहादुर बुढाथोकीले चलाएको से १ क ६२६ नम्बरको टिपर ठोकिएका हुन् । पूर्व–पश्चिम राजमार्गको गोप्कामा टिपर र वीङ्गर आपसमा ठोकिएदा नौ जना घाइते भएका छन् ।
घाइते भएका नौ जनाको बडिमालीका पोलिक्लिनिक चौमालामा उपचार हुँदैछ। चालकहरुलाई इलाका प्रहरी कार्यालय, चौमालाले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।