मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली नदीले पार गर्‍यो सतर्कता तह


पश्चिम प्रेस
बुधबार, साउन २४ २०८०
  • 1.6K
    Shares

  • images
    images
    महाकाली नदीले पार गर्‍यो सतर्कता तह

    महेन्द्रनगर । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।

    महाकाली नदीको जलसतह अहिले  ५.८३ मिटर मापन भएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८० मिटरको जलसतहलाई  सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ।

    सुदूरपश्चिममा डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको छ। प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाले महाकाली नदीको जलसतह अझै बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।  


  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • प्रतिक्रिया दिनुहोस