मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

धनगढीमा महिलाको मृत्यु भएपछि आफन्तद्वारा प्रहरी कार्यालय घेराउ


पश्चिम प्रेस
शुक्रबार, साउन २६ २०८०
  • 815
    Shares

  • images
    images
    धनगढीमा महिलाको मृत्यु भएपछि आफन्तद्वारा प्रहरी कार्यालय घेराउ

    कैलाली । गर्भपतन गराउन क्लिनिक गएकी धनगढीकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। धनगढीमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभाबी औषधी खुवाउँदा वडा नम्बर १२ की ३४ वर्षीय प्रिती थापाको मृत्युपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन्।

    कैलाली प्रहरीका अनुसार अस्पताल लाइनमा रहेको उक्त क्लिनिकमा बिहीबार बिहान थापा गर्भपतन गर्न गएकी थिइन्। उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। मेडिकल सञ्चालक मध्येका एक जना गोदावरी नगरपालिका २ बस्ने २५ वर्षीय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रिती थापाको मृत्युपछि फरार भएका सञ्चालक जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कुलदिप चन्दले बताए। घटनापछि मृतकका आफन्तले क्लिनिकले जथाभाबी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू मृतक प्रितीलाई न्याय माग्दै आन्दोलनमा उत्रिएका छन्,उनीहरूले प्रहरी कार्यालय अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका छन्। 


  • सम्बन्धित विषय:

  • # प्रहरी कार्यालय घेराउ
  • प्रतिक्रिया दिनुहोस