डडेल्धुरा । एसइईमा उत्कृष्ट डडेल्धुराका २८ विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता भएको छ ।
डडेल्धुराका ७ वटा स्थानीय तहबाट एसइईमा उत्कृष्टलाई छात्रवृत्ति दिने सम्झौता भएको नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टले जानकारी दिए । भट्टका अनुसार उत्कृष्ट नतिजा ल्याउने गरिब, जेहेन्दार २८ जना विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता लुम्बिनी एकेडेमी फाउन्डेसनसँग नेविसंघ डडेल्धुराले गरेको हो ।
उक्त सम्झौताअनुसार प्रत्येक सात स्थानीय तहबाट एक–एक गरी सात जनाले पूर्ण तथा प्रत्येक स्थानीय तहबाट तीन–तीन जना गरी २१ जनाले आंशिक छात्रवृत्ति पाउनेछन् । आंशिकमा कुल शुल्कमा ७५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।
.gif)