मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटामा बाघ गणना सुरु


पश्चिम प्रेस
शनिबार, माघ २९ २०७८
  • 731
    Shares

  • images
    images
    शुक्लाफाँटामा बाघ गणना सुरु

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । शनिबार वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले स्वचालित क्यामेराको ‘स्वीच अन’ गरेर बाघ गणनाको उद्घाटन गरेका हुन ।

    बाघ गणनाका लागि २१ दिनसम्म शुक्लाफाँटा, लालझाडी र डडेल्धुराको जोगबुढा क्षेत्रमा हुने बाघ गणनामा ५२० वटा स्वचालित क्यामेरा र ७० जना प्राविधिक सहितको जनशक्ति परिचालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए । उनले शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४   र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने बताए । राष्ट्रिय बाघ गणना अन्र्तगत यहाँ हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसंगै वन मन्त्रालयका सचिब डा. पेम नारायण कंडेल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस