काठमाडौँ । आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार आज हिजो (आइतबार) जस्तो धेरै ठाउँमा भारी वर्षा, धेरै भारी वर्षा र अति भारी वर्षाको सम्भावना छैन।‘ आज देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा र एक दुई ठाउँमा मात्र भारी वर्षाको सम्भावना छ’, उनले भनिन्।
शनिबार रातिदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको थियो भने कतिपय स्थानमा धेरै भारी र अति भारी वर्षासमेत भइरहेको थियो। तर आजदेखि त्यो क्रम घटेर जाने सम्भावना देखिएको मौसमविद्को भनाइ छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ भने राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।
अबको केही दिनमा मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सर्ने प्रक्षेपण छ। त्यसकारण पनि मौसम सुधारिने बताइएको छ।
.gif)