मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकालीमा पानीको बहाव बढ्यो, चार पाङ्ग्रे सवारीलाई आवजावतमा रोक


पश्चिम प्रेस
सोमबार, साउन २९ २०८०
  • 594
    Shares

  • images
    images
    महाकालीमा पानीको बहाव बढ्यो, चार पाङ्ग्रे सवारीलाई आवजावतमा रोक

    महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा ठुला सवारी साधन आवागमनमा रोक लगाइएको छ।

    पानीको बहाव बढेपछि  आज (सोमबार) बिहानदेखि बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो। महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै जोखिम हुने भन्दै चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

    लगातारको वर्षाले महाकालीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ ।

     


  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • प्रतिक्रिया दिनुहोस