मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा सुनचोरीको आरोपमा श्रीमान–श्रीमती पक्राउ


पश्चिम प्रेस
मंगलबार, साउन ३० २०८०
  • 1.2K
    Shares

  • images
    images
    बैतडीमा सुनचोरीको आरोपमा श्रीमान–श्रीमती पक्राउ

    बैतडी । सुनचोरीको आरोपमा बैतडीमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउपालिका ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथ रहेकी छन् ।

    स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको बैतडी प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन्। घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर ७ दिनको म्याद थप गरिएको छ।

    पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # सुनचोरी
  • प्रतिक्रिया दिनुहोस