महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसिहत दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागुऔषधसहित पक्राउ गरेको हो।
उनीहरुलाई सु।प।प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाईकल सँगै ५.११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)