शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, साउन ३१ २०८०
  • 3.8K
    Shares

  • images
    images
    कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    आज (बुधबार) दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिकामा निर्माण भईरहेको भवनको लेन्टरलाई ब्रेकर मेशिनले तोडेर मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा पकहा मैनपुर गाउँपालिका-२ मधुबनी बस्ने १८ वर्षीय बिकाश सहानीको रहेको प्रहरीले जनाएको छ ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागी कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल लगिएको थियो । प्रहरीका अनुसार सहानीको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो । 


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस