मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द


पश्चिम प्रेस
बिहीबार , साउन ३२ २०८०
  • 1.1K
    Shares

  • images
    images
    सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द

    महेन्द्रनगर । कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।

    जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो।

    करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

    विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो।


  • सम्बन्धित विषय:

  • # राजमार्ग बन्द
  • प्रतिक्रिया दिनुहोस