मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनी देशकै प्रमुख नाका बन्छ: मन्त्री ज्वाला


पश्चिम प्रेस
शनिबार, भदौ २ २०८०
  • 667
    Shares

  • images
    images
    दोधारा चाँदनी देशकै प्रमुख नाका बन्छ: मन्त्री ज्वाला

    महेन्द्रनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले मुलुकको मात्रै नभई सुदूरपश्चिम समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन ।

    शनिबार महाकाली पुलको स्थलगत निरिक्षण गर्दै मन्त्री ज्वालाले पुलले मुलुको आर्थिक विकासमा सहयोग पुग्ने बताए । “पुल संगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडी बढिसकेको छ ।” मन्त्री ज्वालालले भने–“यो नाका देशकै प्रमुख नाकाको रुपमा सञ्चालन गर्छौ ।” उनले महाकाली पुल बहुउपयोगि र शारदा व्यारेजको विकल्पको रुपमा रहेकोे बताए ।

    “यसले नेपाल भारत दुई देश जोड्छ नै पर्यटकिय हिसाबले पनि यो महत्वपूर्ण छ ।” उनले भने–“यो पुलले महाकाली पारीको गाउँलाई पनि देशको मुलधारसंग जोड्ने काम गरेको छ ।” उनले पुल निमार्णका लागि कुनै समस्या हुन नदिने बताए । पछिल्लो समय बजेट अभावले निमार्ण कार्य प्रभावित बनेपनि बजेट अभावकै कारण निमार्ण कार्य नरोकिने उहाँको भनाई थियो । पुल निमार्णको जिम्मा पाएको कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बजेट अभावले निमार्ण कार्य प्रभावित बनेको बताए ।  “पुल निमार्णको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।” उनल भने–“पुसंगै बन्ने पहुँच मार्ग र पर्यटकका लागि पोखरी निमार्णधिन अवस्थामा छ ।” 

    अहिले पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पनि हेरिएको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको डीपीआर निर्माणको अन्तिम चरणमा छ । सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो फाइदा अपेक्षा गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # दोधारा चादनी
  • प्रतिक्रिया दिनुहोस