महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ का पदम कठायतलाई उनकै घरबाट कञ्चनपुर प्रहरीले शुक्रवार पक्राउ गरेको हो।
कञ्चनपुर अदालतले कठायतलाई लागुऔषध मुद्दामा २०७९ फागुन ४ गते २ महिना १० दिन कैद र ५ हजार जरिवाना तोकेपछि फरार रहेका थिए।
कठायतलाई अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
.gif)