मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

टिकापुरमा बगेको रेशमको 'नक्कली' आँसु


पश्चिम प्रेस
बिहीबार , भदौ ७ २०८०
  • 1.3K
    Shares

  • images
    images
    टिकापुरमा बगेको रेशमको 'नक्कली' आँसु

    महेन्द्रनगर । सर्वोच्च अदालतबाट टिकापुर घटनाको मुख्य योजनाकार ठहरिएका रेशमलाल चौधरीले सो घटनामा घरमा सुतिरहेको बेला मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक आज (बिहीवार) अनावरण गरेका छन् । टीकापुर घटनाको आठ वर्ष पुगेको दिन पारेर आज उनले बालकको सालिक अनावरण गरेका हुन्।

    आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको घटनाको मुख्य योजनाकार नै रहेका चौधरीलाई सर्वोच्च अदालतले आकस्मिक नभई आपराधिक मनोवृत्ति भएकाकोहरुको पूर्व योजनामा भएको ठहर गरेको थियो।

    सर्वोच्चले टिकापुर घटनालाई बिर्सन लायक तर बिर्सन नसकिने घटनाको रूपमा फैसलाको पूर्ण पाठमा व्याख्या गरेको थियो भने नाबालक साउदको हत्या प्रदर्शनकारीकै तर्फबाट भएको ठहर गरेको थियो। तीनै तहको अदालतबाट जो नाबालकको हत्याका मुख्य मतियार ठहरिएका छन् । 

    यो सँगै आज उनैले नाबालिक साउदको आज सालिक अनावरण गरे । चौधरीले टेकबहादुर साउद स्मृति प्रतिष्ठानले बनाएको सालिक अनावरण गरेका थिए। कार्यक्रममा चौधरीकी श्रीमती तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँगै टेकबहादुर साउदका बाजे जङ्ग साउद र आमाबुवा समेत सहभागी थिए।

    अदालती बयानमा साउदका हजुरबाले आन्दोलनको क्रममा ज्यान जोगाउन केही सुरक्षाकर्मीहरू आफ्नो घरमा आएर लुकेको रिसमा प्रदर्शनकारीको तर्फबाट चलेको गोली लागेर नाबालक नातिको ज्यान गएको बताएका थिए। सालिक अनावरण कार्यक्रममा चौधरीले सानै उमेरमा छोरा गुमाएका साउदका बुवा नेत्रलाई अँगालो मार्दै आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको दाबी गरेका थिए।

    जिल्ला, उच्चहुँदै सर्वोच्च अदालतबाट समेत रेशम सो घटनाको मुख्य योजनाकार ठहरिए पनि राजनीतिक सौदाबाजी गर्दै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट उनको बाँकी कैद सजाय माफी गराएको थियो।

    सोही घटनामा दोषी ठहर भएर कारागारमा रहेका अन्यको कैद भने मिनाहा भएको छैन।


  • सम्बन्धित विषय:

  • # टिकापुर घटना
  • प्रतिक्रिया दिनुहोस