दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते सार्वजनिक बिदा कायम गर्न मुख्यमन्त्रीलाई पत्राचार गरिएको छ ।
गाउँपालिकाले आज (सोमवार) पत्र पठाउदै २ दिन सार्वजनिक बिदा दिन अनुरोध गरेको छ ।
दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ भने शैल्यशिखर क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ ।
.gif)