मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु


पश्चिम प्रेस
सोमबार, भदौ १८ २०८०
  • 2.5K
    Shares

  • images
    images
    सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु

    कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा सुत्केरीको मृत्यु भएको छ । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी २५ वर्षीय राधा परियारको सोमबार बिहान मृत्यु भएको हो।

    प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायका अनुसार शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो। उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो।

    सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो। मृतकका आफन्तले प्रसूति वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन्।

    अहिले अस्पताल प्रशासन र पीडित पक्षबिच छलफल भइरहेको छ।


  • सम्बन्धित विषय:

  • # सुत्केरी महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस