महेन्द्रनगर । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो जिल्लाको भिमदत्त नगरपालिका वडा नं.-१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउ बस्ने ३५ वर्षीय नरेश जोशीको मृत्यु भएको हो । जोशीको घर नजिकस्थित कर्ण बहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
.gif)