मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा एक किलोभन्दा बढी चरेशसहित चार जना पक्राउ


पश्चिम प्रेस
मंगलबार, भदौ १९ २०८०
  • 608
    Shares

  • images
    images
    कैलालीमा एक किलोभन्दा बढी चरेशसहित चार जना पक्राउ

    कैलाली  ।  कैलालीमा लागूऔषध (चरेश)सहित चार जना पक्राउ परेका छन् । सोमबार जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलियाबाट ४ जनालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–५ देउकलियाको भित्री सडकबाट १ किलो ३ सय ग्राम चरेशसहित सोही नगरपालिकाको १० नम्बर वडाका २ जना र कञ्चनपुरका २ जना पक्राउ परेका हुन् ।

    शङ्काको आधारमा चेकजाँच गर्दा पक्राउ पर्नेमध्ये ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षका थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने बर्ष २९ का सागर पौडेल र कञ्चनपुरकै कृष्णपुर नगरपालिका–१ का ३६ वर्षीय चन्द्र नेपाली रहेका प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडको संयुक्त टोलीले पक्राउ परेकाहरुले प्रयोग गरिरहेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस