महेन्द्रनगर । कञ्चनपुरमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार राती जिल्लाको पुनर्वास नगरपालिका-६ स्थित टाउन बजारमा सु.प.प्र.०१-००१ ह ४०१६ नं. को अटोको ठक्करबाट पैदलयात्री सोही ठाँउ बस्ने ८६ वर्षीया छली देवी थापाको मृत्यु भएको हो । मंगलबार साँझतिर अटोको ठक्करबाट गम्भीर घाइते भएकी थापाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय अटो चालक केशव ओझा र अटोलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
.gif)