मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुरामा ज्येष्ठ नागरिक र स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु


पश्चिम प्रेस
बुधबार, भदौ २० २०८०
  • 677
    Shares

  • images
    images
    बाजुरामा ज्येष्ठ नागरिक र स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु

    बाजुरा । बाजुराको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमा गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुललगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले यो घरदैलो अभियान सुरु गरेको हो ।

    भौगोलिक विकटताका कारण बर्खाको समय गाउँपालिकामा गएर आफ्ना समस्या राख्न नसकेकाले यस कार्यबाट राहत महसुस गरेका छन् । शारीरिक रूपमा असक्त तथा अपाङ्गता भएका असहायलगायतका ज्येष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता घरमै पाउनुपर्ने माग स्थानीयले गरेका छन् । उनीहरूले स्वास्थ्य उपचारका लागि समेत प्राथमिक स्वास्थ्य शिविर प्रत्येक महिना घरदैलोमै सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

    स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाका अनुसार भौगोलिक रूपमा स्वामिकार्तिकका अधिकांश गाउँ, बस्ती पालिकाबाट निकै ठाढा छन् । उनले स्थानीयले बर्खाको समय गाउँपालिकामा आएर सहज रूपमा आफ्ना समस्या राख्न नकस्ने भएकाले घरदैलोमा अभियान सुरु गरेको बताए ।

    स्वामिकार्तिक गाउँपालिका–४ वाईबाट सुरु गरेको सो अभियान बिस्तारै अन्य सबै वडामा समेत सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष रोकायले स्थानीयको समस्या सम्बोधन हुने गरी स्वास्थ्य संस्था र बैङ्कसँग समन्वय तथा सहकार्य गर्दै घरदैलो मै स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए ।


  • सम्बन्धित विषय:

  • # घरदैलो अभियान
  • प्रतिक्रिया दिनुहोस