महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा बलात्कृत युवतीलाई मुद्दा दर्तामा सघाएको भन्दै एक युवकमाथि निर्घात कुटपिट गरिएको छ । मुद्दा दर्ता गर्न सघाएको भन्दै लालझाडी गाउँपालिका–३ नन्द गाउँ निवासी ४८ वर्षीय रोहित बडायक कुटिएका हुन् ।
स्रोतका अनुसार नेकपा एमाले निकट युवा संघ, प्रदेश कमिटी सदस्य अम्मरसिंह राना विरुद्ध बलात्कारको मुद्दा दर्ता गर्न सघाएको भन्दै लालझाडी गाउँपालिका–३ नन्द गाउँ निवासी ४८ वर्षीय रोहित बडायकलाई सोहि ठाउँका अमर राना र ईन्द्र रानाले निर्घात कुटपिट गरेका हुन ।
उनले राति नै ईलाका प्रहरी कार्यालय शंकरपुरमा गएर अमरसिंह राना र ईन्द्र राना विरूद्ध जाहेरी दर्ता गराएको थिए। तर, कञ्चनपुर प्रहरीले यो घटनाको विषयमा जानकारी दिन आनाकानी गरेको उनको भनाई छ ।
.gif)