मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरी डडेल्धुरा रेफर


पश्चिम प्रेस
बिहीबार , भदौ २१ २०८०
  • 1.7K
    Shares

  • images
    images
    बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरी डडेल्धुरा रेफर

    बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकि किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। जिल्लाको  पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई घाँस काट्ने क्रममा आज मध्यान्न चितुवाले आक्रमण गरेको थियो ।

    चितुवाको आक्रमणबाट घाइते  किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

    टाउकोमा चोटका कारण  सिटीस्क्यान  गर्न पर्ने भएकाले  डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । घाइते पुजाको अवस्था खतरामुक्त रहेको पनि स्वास्थ्यकर्मीहरुले  बताएका छन् ।

    चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो–हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको थियो ।


  • सम्बन्धित विषय:

  • # चितुवाको आक्रमण
  • प्रतिक्रिया दिनुहोस