मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डोटीको एक विद्यालयमा तोडफोड


पश्चिम प्रेस
शुक्रबार, भदौ २२ २०८०
  • 740
    Shares

  • images
    images
    डोटीको एक विद्यालयमा तोडफोड

    डोटी । डोटीको एक विद्यालयमा तोडफोड गरिएको छ । 

    जिल्लाको सायल गाउँपालिका -२ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा बिहिवार तोडफोड भएको हो । रातीको समयमा अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडा अध्यक्ष मान बहादुर सिंहले बताए । अध्यक्षका अनुसार विद्यालयको ताला तोडी कार्यालय भित्र रहेका विभिन्न कागजात समेत च्यातेर जथाभावि फालिएको थियो ।

    विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर गएको र बाहिर सडकामा फालेका कागजात पानिले भिजेको अववस्थामा फेला पारेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सिंहले बताए । उक्त विद्यालयलाई गत असारमा सोहि वडामा रहेको भवानी माद्यामिक विद्यालयसँग मर्ज गरिएको थियो ।

    घटनाबारे बुझ्न प्रहरी टोली विद्यालय क्षेत्रमा गएको तर विद्यालयको तोडफोड कस्ले गर्‍यो ? किन गर्‍यो ? भन्ने कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # विद्यालयमा तोडफोड
  • प्रतिक्रिया दिनुहोस