महेन्द्रनगर । कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
३५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको बेलौरी नगरपालिका-२ बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चौधरी भदौ २० गते राती ति महिलाको घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)