दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । जिल्लाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।
मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा खाजा खाएर होटलबाट बाहिर निस्किने क्रममा समूहमा आएका व्यक्तिहरुले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट धामीको टाउको, अनुहार लगायतका विभिन्न भागमा चोट लागेको छ ।
उक्त घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए ।
कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।
टाउकोमा र चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
.gif)