मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलामा युवक कुटपिट प्रकरणः पूर्वमेयरको संलग्नता रहेको आरोप


पश्चिम प्रेस
शनिबार, भदौ २३ २०८०
  • 2.1K
    Shares

  • images
    images
    दार्चुलामा युवक कुटपिट प्रकरणः पूर्वमेयरको संलग्नता रहेको आरोप

    दार्चुला । दार्चुलामा गौरापर्व हेर्न पुगेका युवमाथि निर्घात कुटपिट गरिएको छ । मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामीमाथि निर्घात कुटपिट गरिएको हो ।

    घटनामा शैल्यशिखर नगरपालिकाका पुर्व मेयर अमरसिंह धामीको संलग्नता रहेको पीडीतको आरोप छ । पूर्व मेयर धामीले आफ्ना मान्छेहरु प्रयोग गरेर कुटपिट गराएको स्थानीयले आरोप लगाए । कुटपिटमा संलनहरु पूर्व मेयरकै गाडीमा आएमा थिए । र कुटपिटपछि उनकै गाडीबाट भागेको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

    मादकपदार्थ सेवन गरेका पूर्व मेयर धामीले ‘इन्सपेक्टर मेरो मान्छे हो । सालेको हातखुट्टा भाचिदेउ’, भनेर निर्देशन दिएको प्रत्यक्षदर्शीहरुले बताए ।

    टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका दिनेशलाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

    पीडितका आफन्तहरुले सुरक्षामा खटिएको प्रहरीले नै आक्रमणमा संलग्नलाई भगाएको आरोप लगाएका छन् ।


  • सम्बन्धित विषय:

  • # कुटपिट
  • प्रतिक्रिया दिनुहोस