मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको कलकत्ताबाट लागू औषधसहित एक युवक पक्राउ


पश्चिम प्रेस
आइतबार, भदौ २४ २०८०
  • 900
    Shares

  • images
    images
    कञ्चनपुरको कलकत्ताबाट लागू औषधसहित एक युवक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।

    जिल्लाको बेलौरी नगरपालिका-८ कलकत्ता बजारबाट ४७.८५ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका १० शिव नगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई शनिवार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।

    लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ,नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले हमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनलाई शङ्का लागी चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस