मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

डोटीमा अटो दुर्घटनामा एक महिलाको मृत्यु


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 957
    Shares

  • images
    images
    डोटीमा अटो दुर्घटनामा एक महिलाको मृत्यु

    डोटी डोटीको बडीकेदार गाउँपालिका -१ रुमायल भीरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    सहजपुर बोगटान दिपायल सडकखण्डअन्तर्गत रुमायल  बीपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आइतबार राति १० बजेतिर दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् । 

    दुर्घटनामा बडीकेदार गाउँपालिका-३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भइ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

    अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।


  • सम्बन्धित विषय:

  • # अटो दुर्घटना
  • प्रतिक्रिया दिनुहोस