सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

तालिमका लागि डडेल्धुरा हिँडेका कर्मचारी सम्पर्कविहीन 


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 2.5K
    Shares

  • images
    images
    तालिमका लागि डडेल्धुरा हिँडेका कर्मचारी सम्पर्कविहीन 
    images
    images
    images
    images

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत एक जना कर्मचारी हिजो (आइतवार)देखि सम्पर्कविहीन भएका छन् । 

    शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतेउडा घर भई हाल सोही वडामा वडा सचिवको जिम्मेवारीमा कार्यरत खेमराज कपाडी सम्पर्कविहीन भएको परिवार स्रोतले जनाएको छ । 

    आइतबार बिहान तालिमका लागि डडेल्धुरा जाने भन्दै घरबाट मोटरसाइकलमा हिँडेका कपाडी तालिममा समेत सहभागी नभएका तथा सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्कमा समेत नआएका उनका आफन्तले जानकारी दिएका छन् । 

    images

    कपाडी हिजोदेखि सम्पर्कमा नआएपछि अहिले उनको परिवारले खोजी कार्य सुरु गरेको छ । उनको खोजी कार्य गरिदिन भन्दै परिवारले इलाका प्रहरी कार्यालय गोकुलेश्वर, जिल्ला प्रहरी कार्यालय बैतडी तथा डडेल्धुरा प्रहरीलाई आग्रह गरेको छ । 


  • सम्बन्धित विषय:

  • # सम्पर्कविहीन
  • प्रतिक्रिया दिनुहोस