बैतडी । आइतबारदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । आइतबार दिउँसो देखि अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको डुङ्गाले सडक अवरुद्ध बनेको थियो। बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।
राजमार्ग खुले सँगै सवारी साधन सञ्चालन आएका छन् ।
.gif)