मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दार्चुलाको शैल्यशिखर–२ का वडा सचिव बैतडीमा मृत भेटिए


पश्चिम प्रेस
सोमबार, भदौ २५ २०८०
  • 2.6K
    Shares

  • images
    images
    दार्चुलाको शैल्यशिखर–२ का वडा सचिव बैतडीमा मृत भेटिए

    दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी बैतडीमा मृत भेटिएका छन् । शैल्यशिखर–२ रौतेउडा निवासी २८ बर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिडेका कपाडीको शव र मोटरसाइकल आज भेटिएको छ । मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको छ ।

    कपाडी हिजो बिहान १० बजे डडेल्धुरास्थित तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिडेको उनका परिवारले बताए । कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # वडा सचिव
  • प्रतिक्रिया दिनुहोस