डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा बैतडीका एक जनाको मृत्यु भएको छ ।
मङ्गलवार बिहान जिल्लाको अमरगढी नगरपालिका-१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा से.५ प.२८०३ नं. को मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित भई सोमवार राती अन्दाजी ०१:३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक बैतडी जिल्लाको पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको मृत्यु भएको छ । उनी स्याउलेबाट बागबजार तर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागी खनेको खाडलमा पर्न गई उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)