बैतडी । रोजगारीको सिलसिलामा भारत गएका बैतडीका एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका –१ कुँड घर भएका अन्दाजी २८ बर्षीय सुरेन्द्र साउँदको मंगलबार भारतको दिल्लीमा निधन भएको उनका आफन्त समेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले जानकारि दिए ।
आफन्त चाडका अनुसार रोजगारीको लागि चार पाँच बर्षदेखि भारतको दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको हो । परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक साउँदका एक छोरी र श्रीमति दिल्लीमै रहेका आफन्तले बताएका छन् ।