शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा चालक र सवार घाइते


पश्चिम प्रेस
बुधबार, भदौ २७ २०८०
  • 2.8K
    Shares

  • images
    images
    बैतडीमा मोटरसाइकल दुर्घटना  हुँदा  चालक र सवार  घाइते

    बैतडी । बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    जिल्लाको दोगडाकेदार गाउँपालिका-३ खोचलेक नजिक न्वालीबाट सिल्लेगाडातर्फ जाँदै गरेको से ३ प ९४९७ नम्बरको मोटरसाइकल खोचलेकस्थित सनातन धर्म मावि नजिकै पल्टिएर दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

    मोटरसाइकल दुर्घटनामा घाइते हुनेहरूमा दशरथ चन्द नगरपालिका-४ का चालक विकराम भुल र पछाडि सवार सोही ठाउँका विनोद भुल रहेका प्रहरीले जनाएको छ । चालक र सवार दुबैजनाको खुट्टामा चोट लागेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • प्रतिक्रिया दिनुहोस